श्रावण १५, कावासोती ।। भरतपुर आखा अस्पतालको सहयोग तथा मध्यविन्दु सामुदायीक अस्पताल डण्डा कावासोतिको समन्वयमा आज निशुल्क आखा शिवीर सम्पन्न भएको छ ।
आज भएको निशुल्क आशा शिविरमा ३६ जनाले आखा चेक जाच गराएको मध्यविन्दु सामुदायीक अस्पतालका व्यवस्थापक दिपक केसीले बताउनुभएको छ । आजको आखा शिविरमा आखा चेक जाच गराएका मध्य ७ जनामा मोतियाविन्दु अप्रेसन गर्नुपर्ने देखिएको व्यवस्थापक केसीले बताउनुभएको छ ।
यसैगरी भरतपुर आखा अस्पतालको सहयोग र मध्यविन्दु सामुदायीक अस्पताल डण्डा कावासोतिको समन्वयमा अव हरेक महीनाको १५ गते निशुल्क आखा उपचार शिविर सचालन हुने मध्यविन्दु सामुदायीक अस्पतालका व्यवस्थापक दिपक केसीले जानकारी दिनुभएको छ ।