सोनकलि थारु,
२० साउन नवलपरासी । ग्ुाप्र फर एजुकेशनल सोलिडारिटी नेपाल जिसन नवलपरासीको आयोजनामा आज लोटस रिसोर्ट सुनवलमा निमाबि स्तरिय बाकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिसन नवलपरासीका अध्यक्ष इन्द्र बहादुर गुरुंगको अध्यक्षता, जिसन नवलपरासीका सल्लाहकार शंकर प्रसाद गौतमको प्रमुख अतित्थ्यता रहेको कार्यकँ्रमको बिशेष अतिथिहरुमा सल्लाहकार एवम पुर्ब अध्यक्ष यमबहादुर थापा, रामप्रसाद पाण्डे पत्रकार दिपक खनाल लगायात बिद्यालयका शिक्षक ,बिद्यार्थीको उपस्थिती रहेको थियो । जिसनका बरिष्ठ उपाध्यक्ष धनराज चपागइको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन जिसन नवलपरासीका सचिव डम्मर बहादुर गुरुंगले गर्नुभएको थियो । कुल २७ बिद्यालय सहभागी भएको प्रतियोगितामा “आधुनिक नेपालमा इलेक्ट्रोनिक मिडियाको महात्व ,सस्थागत बिद्यालयको भुमिका र लागुऔषध सेवन नेपालको प्रमुख समस्या”बिषयहरुमा सहभागीहरुले बोलेका थिए । प्रतियोगितामा न्युलाइट इंगलिस बोर्डिङ स्कुल बर्दघाटका
बिशाल पाण्डे प्रथम , होलिकेयर माबि बर्दघाटका सुस्मा रेग्मि द्धितिय , सुनवल युनाइटेड माबि सुनवलका सिमा घर्ती तृतिय र अन्नपुर्ण बोर्डिङ स्कुल सुनवलका सन्देश बिष्ट सन्तवना भएका छन ।उक्त कार्यक्रममै बिजेता बिद्यार्थीहरुलाइ पुरस्कार पनि बितरण गरिएको छ ।