२० साउन
भरतपुर महानगरपालिका वडा न. १९का आज भएका ३ वटै मतदानकेन्द्रमा मतदाताहरुको उल्लेख्य सहभागीता देखीएको छ । भरतपुर महानगरपालिका १९ नम्बर वडामा मतदान शुरु भएको छ । भरतपुर–१९ मा तीन मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् । किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ मतदाता छन् ।स्थानिय तहको पहिलो चरणको बैशाख ३१ गते भएको निर्वाचनको मतगणनाको क्रममा जेष्ठ १४ गते राती मतपत्र माओवादी प्रतिनिधिले मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले गएको आइतबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएको थियो । मतपत्र च्यातिएपछि हाल सम्म निर्वाचनको सबै कार्यक्रम रोकिएको थियो ।
वडामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नेपाल प्रहरीका ४६१ र सशस्त्र प्रहरीका २९५ जना परिचालन गरिएको छ । बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालित छन् ।बुधबार बेलुकीदेखि वडामा प्रवेश गर्ने गाडीलाई जाँच गरी पठाइएको छ । थापाका अनुसार तीन मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली परिचालन गरिएको छ । प्रहरी निरीक्षककै नेतृत्वमा तीन मोबाइल टोली तथा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा तीन स्ट्राइकिङ टोली परिचालन गरिएको छ ।
भरतपुर १९ देशकै बहुचर्चित बडा वन्न पुगेको छ । यस वडाको मतले देशको सर्वाेच्च न्यायलयको गरेको फैसला सदर या बदर भन्ने अन्तिम फैलसा हुने स्थानियबासी बताउछन । एकातिर एमालेका भरतपुरका पुर्व उपमेयर चुनाबी मैदानमा छन भने अर्कोतिर नेकपा माओबादी तथा संयुक्त प्यानलकी तर्फबाट पुर्व प्रधानमन्त्री पुष्पकमल दहालकी सुपुत्री रेणु दहाल लाई नेपाली काग्रेस ले सहयोगका लागी हालका प्रधानमन्त्री शेर बहादुर देउवाले चुनाबी वातावरण सहयोगी भुमीका खेलीरहनु भएको छ ।
श्रोतः रेडियो नारायणी