समाचारदाता,
२२ साउन, दाङ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य महिला नेतृ डा. डिला संग्रौलाल ेकाँग्रेसमा संगठन सुद्धिढिकरणका साथै पूर्नताजकीको अभियान थाल्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लव दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कारकार्यक्रममा बोल्दै ेसंग्रौलाले पार्टी भित्रको अन्तरघात र अनुशासनहिन्ताको कारणले कांग्रेस पहिलो पाटी हुदा हुदै पनि स्थानीय तहमा दोस्रोस्थानमा आउनु परेको भन्दै आफुहरु त्यस अभियानलाई लियर जिल्लाजिल्लामा हिडेको बताउनुभयो ।नेपाली काँग्रेसले विभिन्न कारणले स्थानीय निर्वाचनमा धेरै स्थानमा पराजय भोग्नु परेको भन्दै अव कमिकम्जोरीहरुलाई सच्याउदै प्रदेश र संघकोनिर्वाचनमा लाग्नुपर्ने बताउनु भएको छ ।
उहाँले अव ‘काँग्रेसमा देखिएको यो भद्रगोलको अवस्थालाई अव हामिहरुले सुधार गर्नु पर्छ हैन भने पाटीमाअनुसासन हिनता बढदै जाने छ ।त्यस्तै उहाँले देश भरिका महिलाहरु संग भेटघाट र स्थानीय निर्वाचनकोसमिक्षाको लागि आफुहरुले अभियान थालेको भन्दै स्थानीय तहमा जितेकाहरुलाईबधाई र पराजय भोगेकाहरुलाई सहानुभुर्ति दिएको बताउनुभयो प्रदेशकोचुनावमा ५० प्रतिसत अधिकारका साथै संघको चुनावमा महिला महिला विच खुल्ला प्रतिसप्रर्दा आवश्यक भएको बताउनुभयो ।
त्यसैगरी उहाँले सरकारमा पनि ३३प्रतिसत महिला सहभागीता हनुपर्ने आफुहरुको माग भएपनि सो हुन नसेकोबताउनुभयो । महिला संघकी पूर्व सभापति समेत रहनुभएकी संग्रौलाले स्थानीयतहमा महिलाहरुले केही अधिकार पाएको बताउनुभयो ।रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा पूर्वसंसाद उर्मीला थापाले संविधानमा महिला महिला अधिकार सुनिश्चिता भएपनि तल्लोतहमा समाजले अफैपनि साथ नदिएको बताउनुभयो । उहाँले अव आफुहरु मिसन रभिजन सहित जिल्ला दौडाहमा लागेको भन्दै यसले संगठन सुधार हुने विश्वासव्यक्त गर्नु भयो । त्यसैगरी कार्यक्रममा महिला नेतृ महिला संघकी केन्द्रीय सदस्यनिर्मला क्षेत्रीले महिलाहरुको ३३ प्रतिसत सहभागीता भने पनि सो व्यहारमा लागुहुन नसकेको भन्दै गुनासो गर्नु भयो । उहाँले संविधान जारीगर्दा एक भएकादलहरु हल विभाजन भएको भन्दै तिनै तहको निर्वाचन र संविधान कार्यान्वयन गर्दा सम्म सहमति र सहकार्यका साथ अगाडि बढनु पर्ने बताउनुभयो ।साक्षात्कार कार्यक्रममा स्वागत कल्वका कोषाध्यक्ष बालाराम खड्काले गरेका थिए