गजल
नमान्ने जाे छ अरुलाई हेपिरहन्छ सधै ।
तानाशाह मुसाेलिनी झै चेपिरहन्छ सधै ।।
बन्न अाफू जाे हरदम स्वार्थमा लिन भई ।
पाप भित्ररहि अालाेचना खेपिरहन्छ सधै ।।
भएकालाई नजर बन्द अरु बाँकी बुझेर नै ।
साेझा साझा निमुखालाई झेपिरहन्छ सधै ।।
सुदामा बाट कुबेर बन्ने बाटाे खाेज्दै जाँदा ।
हत्यारा गुन्डा किन नहुन सेपिरहन्छ सधै ।।
गणेश भण्डारी स्मारिका
वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत
२०७४/०४/२२