सोनकलि थारु
साउन २५ सुनवल । स्वरोजगार अत्मनिर्भर अर्थिक बिकास समुन्नत नेपालको पहिचान प्रदुषणमुक्त समाज निर्माण हाम्रो अभियान भन्ने मुल नाराको साथ २०७१ सालबाट संचालन भएको लुम्बिनी इ रिक्सा यातायात ब्यावसायी संघ इकाइ समिति सुनवल नवलपरासीद्धरा स्थानिय नबनिर्बाचित जनप्रतिनिधिहरुलाइ सम्मान कार्यक्रम आज लोटस रिसोर्ट सुनवलमा समपनन भएको छ ।समितिका अध्यक्ष देबबहादुर क्षेत्रीकोअध्यक्षता रहेको कार्यक्रमको प्र्रमुख अतिथि सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापा रहनुभउको थियो भने बिशेष अतिथिमा उपप्रमुख दाधिराम आर्याल, इ रिक्सा ब्यावसायी संघका केन्द्रिय अध्यक्ष केशबराज राना ,अन्य अतिथिहरुमा वडा न ं १देखि १३ सम्मका वडाअध्यक्षहरु,पत्रकार दिपक खनाल ,इरिक्सा ब्यावसायी समिति भुमहिका भुपराज न्यौपाने लगायात रहनुभएको थियो ।
इरिक्सा ब्यावसायी समिति भुमहिका भुपराज न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रममा वडा नं १२ का वडाअध्यक्ष यमलाल पाण्डे,वडा न ६ का रामप्रसाद लामा ४ का बिरबहादुर गुरुंग लगायातले शुभकमना मन्तब्य दिएका थिए ।कार्यक्रममा बोल्दै इ रिक्सा ब्यावसायी संघका केन्द्रिय अध्यक्ष केशबराज रानाले २०७१ सालदेखि इरिक्सा ब्यावसायी संचालन गरेको भएपनि हालसम्म इरिक्सा लाइ यातायात ब्यावस्था बिभाग बुटवलले दर्ता नगरेको कालो प्लेट लाइसेन्स नपाउदा ट्रााफिकको हैरानी ब्याहोर्नुपरेको बताउदै बिगतमा यसैबिषयलाइ लिएर अदालतमा मुद्धा परेको र २०७३ सालमा इ रिक्सा ब्यावसायीको पक्षमा फैसला भएको भएपनि हालसम्म कार्यन्वयन नभएकोमा दुख ब्यक्त गर्दै हालै निर्बाचित जनप्रतिनिधिहरुले हाम्रो समस्या समाधान गर्नुहुनेछ भन्ने बिश्वास ब्यक्त गर्नुभयो यस्तै बिशिष्ट अतिथि सुनवल नगरपालिकाका उपमेयर दधिराम आर्यालले लाइसेन्सको बारेमा सम्पुर्ण काम गृहमन्त्रलयबाट आउने हुदा आफुहरु त्यति जानकार नभएको बताउदै अन्य समस्यहरु नगरसभामा पेश गरेमा आवश्य पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कर्यक्रमका प्रमुख अतिथि सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले बस पनि नजाने ठाउमा यहाहरुले सेवा दिनुभएकोमा धँन्यबाद दिदै ब्यापरिक हिसाबले मात्र नभय सेवाको भवना पनि राख्नुपर्ने बताउनुभयो । यस्तै चालकले चालक अनुमातिपत्र लिएमा दुर्घटना बिमा प्राप्त हुने हुनाले यस तर्फ सबै लाग्नुपर्ने बताउदै नगरपालिकाले गर्नसक्ने समस्या समाधानमा आफुहरु सधै तत्पर रहेको र समृद्ध सुनवल निर्माणमा इ रिक्सा ब्यावसायीको पनि ठुलो हात रहेको बताउनुभयो ।उहाले गाउगाउमा मात्र नभइ घरघरमा सेवा दिनुपर्ने आपंग बृद्धबृद्धालाइ अत्मीय सहयोगको साथ सेवा दिन आग्रह गर्दै । थोरै थोरै बचत गरी यो रिक्सा पुरानो भइसकेपछि बचत रकममा केहि थप गरी नया रिक्सा लिएमा सेवा निरन्तर रहने बताउनुभयो ।
यस्तै कार्यक्रमका अध्यक्ष देबबहादुर क्षेत्रीले इ रिक्सा ब्यावसायी हालसम्म अब्यवस्थीत र असुरक्षित रहेको बताउदै यसलाइ ब्यवस्था गर्न सुनवल नगरपलिकाका नवनिर्बाचत पदाधिकारीहरुलाइ आग्रह गर्नुभयो । कार्यक्रमको संचालन चित्रबहादुर गुरुंगले गर्नुभएको थियो ।