तदनुसार जुन २६ तारिख
मेष ( च, चू, चे, ला, ली, लू, ले, लो, अ, आ ) सामान्य काममा धन र श्रम खर्चनुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।
वृष ( ई, उ, ए, ऐ, ओ, व, वा, वो, वे, वौ, वं ) मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चालु बन्नेछ। लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ।
मिथुन ( क, का, की, कू, के, को, कौ, छ, ह, हा, छा ) शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
कर्कट ( हि, हू, हे, हो, डा, डी, डू, ड़, डे, डो ) प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्।
सिंह ( म, मा, मी, मू, मे, मो, मौ, मं, ट, टा, टी़, टू, टो ) हिस्सेदारसँग असमझदारी बढे पनि नयाँ सम्झौता हुन सक्छ। स्थायी सम्पत्तिमा देखिएको विवाद सुल्झाउन सकिनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले चिताएका काम सम्पादन हुनेछन्।
कन्या ( पा, प, पु, पं, प, पे, पो, पौ, टो ) काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ।
तुला ( र, रा, री, रु, रे, रो, रं, ता, त, तू, ते, तो, ती ) विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ।
वृश्चिक ( न, ना, नी, नु, ने, नो, नै, नं, या, यी, यू, य ) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ।
धनु ( ये, यो, ध, धा, धी, धू, धे, फ, भा, भी, भू, भे ) समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभाव देखा पर्नेछ। तापनि विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ।
मकर ( भो, ज, जा, जी, जे, जो, जै, जं, ख, खी, खू, खो, ग, गा,गी ) आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
कुंभ ( गु, गे, गो, स, सा, सी, सु, से, सं, सो, सौ, द, दा ) तारिफयोग्य कामको चर्चा हुनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
मीन ( दि, दू, झं, थ, था, दे, दो, च, चा, ची ) स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि अध्यात्मभाव जागृत हुनाले परोपकामा मन जानेछ।
स्रोत : नेप क्याल