१४ असार , काठमाडौँ – सरकारले रोजगारीका क्रममा विदेश पुगेका नेपालीलाई कुनै समस्या परे कानुनी लडाइँ लडिदिने भएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको नियमित बैठकले वैदेशिक रोजगारीका क्रममा विदेश गएका नेपालीहरुलाई कुनै समस्यामा परे नेपाल सरकारले कानुनी लडाइँ लडिदिने निर्देशिक पारित गरेको हो ।
उक्त पारित निर्देशिकालाई १० दिनभित्रै कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ । विभिन्न कारणले नेपालीहरु जेलमा परिरहेका बेला सरकारले उक्त व्यवस्था गर्न लागेको हो ।
सरकारले भनेअनुसार काम नपाएको, झुठा मुद्दामा फसाइएको वा मृत्युदण्डको सजायसम्म हुन लागेका मुद्दामा कानुनी प्रतिरक्षा गर्ने भएको हो ।