नन्दु यादव,
साउन २८ बेलाटारी नवलपरासी । वाल्मीकि बचत तथा ऋण सहकारी सस्था गाेपिगन्जकाे १७ अाै साधारण सभा तथा९ अाै अधिबेशन कार्यक्रम गाेपिगन्ज मा सम्पन भएकाे छ।सस्थाका अध्यक्ष लक्ष्मण प्र. ज्ञवालीकाे सभापतित्व तथा नेफस्कुन का महासचिव चन्द्र प्रसाद ढकालकाे प्रमुख अतिथ्तामा कार्यक्रम सम्पन्न भएकाे हाे। वाल्मीकि बचत तथा ऋण सहकारी सस्थामा ४०१ महिल शेयर र ४६४पुरुष शेयर सदस्य गरि कुल ८६५ शेयर सदस्य रहेका छन ।बि.स.२०५७ साल जमुनिया गा बि स वडान ४ गाेपिगन्जमा स्थापना भई ग्रामिण क्षेत्र का जनताहरुलाई कृषि, शिक्षा,बैदेशिक ,पशुपालन लगायतका क्षेत्रमा सहयाेग गर्ने लक्ष्यका साथमा सन्चालन गरिएकाे बताईएकाे छ।यश सस्थाले यश क्षेत्र का जनताहरुकाे जिवनस्तर उकास्न मा सहयाे गरेकाे जनताहरुकाे भनाई रहेकाे छ।सस्थाकाे १७ अाै साधारणबाट अा.ब.२०७३/०७४मा कुल १४ कराेड २३ लाख६३ हजार८०६ रुपैया बराबरकाे काराेबार गरेकाेछ।जसमा ४८ लाख१६ हजार४९६ रुपैया बराबर शुद्ध नाफा गरेकाे सस्थाले जनाएकाे छ।यसैक्रममा सस्थाकाे ९ अधिबेशबाट लक्ष्मण प्र. ज्ञवालीकाे अध्यक्षतामा कार्यसमिति समेत चयन भएकाे छ जसकाे उपाध्यक्ष मा शालिकराम घिमिरे सचिवमा रमेश प्र. पाण्डे काेषाध्यक्षमा रामप्रसाद भट्टराई र सदस्यहरुमाश्रीकृष्ण न्याैपाने ,पुकार शर्मा,कबिता चाैधरी,हरिनाथ न्याैपाने,प्रकाश कुवर चन्द्रकला न्याैपाने,शिवदेव न्याैपाने लगायतले रहनु भएकाे छ।यसै भानुभक्त ढकालकाे सयाेजकत्वमा लेखा समिति समेत चयन गरिएकाे छ जसकाे सदस्य मा बिनाेद चाैधरी,केशव चापागाईं रहनु भएकाे छ। साधारण सभामा मुक्तिनाथ बिकास बैंकगाेपिगन्जका कर्जा प्रमुख दिपक अधिकारी सस्थाका पुर्व सस्थापक अध्यक्ष गणेश पाेख्रेल ,उद्योग बाणिज्य महासघका सदस्य केशव चापागाईं,चन्द्राेदय बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष पुर्ण तिमिल्सिना माेतिलाल ढकाल ले सहकारीकाेबारे बाेल्नुभएकाे थियाे।