काठमाण्डौ। बाणिज्य मन्त्री मीन बिश्वकर्माले कोशी ब्यारेजका सबै ढोका खोल्दा भारतको बिहार डुवानमा पर्ने भएकाले सोचेरमात्र काम गर्नुपर्ने बताउनुभएको छ । समाधानको कूटनीतिक पहल भने भइरहेको उहाँले बताउनुभयो ।
कोशी पुलका सबै ५६ वटै ढोका खोल्न उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शनिवार आग्रह गरेको बताइरहेका बेला सरकारकै अर्कामन्त्रीले ढोका खोल्दा बिहार डुवानमा पर्ने बताउनुभएको हो ।
‘कोशी ब्यारेजका सबै ढोका खोल्दा भारतको बिहार डुवानमा पर्ने र त्यसो नगर्दा नेपाल डुबानमा पर्ने अवस्था रहेकाले बिपद्का बेला सोचेर मात्र काम गर्नुपर्छ’ उहाँले भन्नुभयो । मन्त्री महराले भारतीय राजदुत मञ्जिवसिंह पुरीलाई सबै ढोका खोल्न गरेको आग्रहमा सकारात्मक जवाफ दिएपनि हालसम्म पनि ३५ भन्दा बढी ढोका खोलिएका छैनन् ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा आइतबार बोल्दै बिश्वकर्माले लगातार बर्षाका कारण तराई बाढीको डुबानमा र पहाड पहिरोको चपेटामा परेको अवस्थामा सरकारले सोचे जस्तो बिपद् ब्यवस्थापन गर्न नसकेको स्विकार गरे ।