एजेन्सी – विश्वकपको सरगर्मी चौतर्फी बढेको छ । यस्तैमा रोनाल्डो र मेस्सीका कारण एक जोडीको डिभाेर्स नै भएको छ । एकजना रसियनले श्रीमतीसँग डिभोर्स पाउ भन्दै अदालतमा याचिका दायर गरेका छन् ।
श्रीमान श्रीमतीबीच रोनाल्डो र मेस्सीबीच को उत्कृष्ट खेलाडी भनेर विवाद चलेको थियो । उक्त विवाद चरम उत्कर्षमा पुगेपछि श्रीमान्ले अन्तत डिभोर्स लिने निर्णय गरेका हुन् ।
एक रसियन पत्रिका आर्गुमेन्टोका अनुसार श्रीमान श्रीमती नै फुटबलका डाइहार्ट फ्यान रहेका थिए । आर्सेन र लेउडमिला नाम गरेका श्रीमान श्रीमतीबीचको तनाब तब सुरु भयो जब अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्यो ।
त्यसपछि श्रीमान श्रीमातीबीच रोनाल्डो र मेस्सीलाई लिएर विवाद सुरु भयो । अर्को दिन श्रीमानले सम्बन्ध तोड्दै घर छोडेर गए ।
उनले भनेका छन्,‘मेरो वैवाहिक सम्बन्ध योभन्दा अगाडि बढ्न सक्दैन । मैले डिभोर्सका लागि अदालतमा याचिका दायर गरिसकेको छु ।’
उनले थप्दै भने,‘विश्वकप सुरु भएदेखि उनले मलाई मेस्सीले गोल गर्न सकेन भन्दै गिज्याँइरहिन् । आइसल्याण्डविरुद्धको खेलमा त झन् पेनाल्टी मिस गरेपछि उनको बोलीको सिमा नै रहेन ।’
‘मैले मेरो मन थाम्न सकिन । मेरो दिमागमा भएका सबै कुरा उनी सामु नै भनिदिए । यसैबिच मैले पनि रोनाल्डो र पोर्चुगल टिमको बारेमा आफ्ना विचारहरु राखिदिए ।’ उनले भने ।
अन्तत आफुले सबै सामान प्याक गरेर घर छोडेको उनले बताए ।