नन्दु यादव ,
साउन३० बेलाटारी नवलपरासी । केही दिन देखि परेकाे अबिरल बर्षाका कारण नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिका सरावल गाउपालिका ,पाल्हिनन्दन गाउपालिका,बर्दघाट नगरपालिका का जनताहरु बाढिकाे चपेटामा परेका छन। बाढिका कारण हजाराै घरका परिवार बिस्थापित भएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएकाे छ । यसै प्रतापपुर गाउपालिकाकाे वडा न३ काे साेमनी,नन्दपुर ,बरगदवा, अमहवा लगायतकाे टाेलहरु पुर्णरुपमा डुबान मा परेका छन ।यहाका सयाैघरहरु पुरण रुपमा भत्केका छन भने सयैा घर जनता बरगदवा बिद्यालय र साेमनीकाे बिद्यालय मा बसिरहेका छन यसै गरि अाज साेमनीमा ९८ घरधुरि र प्रतापपुर टाेलमा पनि २०० घरधुरि गरि कुल २९८ घरधुरी का पिडितहरुलाई खाद्यान्न ,लताकपडा,अाैषधी लगायतका सामग्रीहरु प्रभाबित रहेका जनताहरुलाई शान्ति र परिवर्तन नेपाल नवलपरासी नामक सस्था बितरण गरेकाे सस्थाका अध्यक्ष दिपक अधिकारी बताउनु भयाे।नवलपरासी जिल्लामा अाईपर्ने कुनैपनि समस्या समाधान गर्ने दायित्व रहेकाे भन्नू भयाे ।बाढपिडितकाे समस्यामा साथ दिईरहेका छन।बाढिपिडितकाे समस्या समाधान गरि पुन गाउमा स्थापित गरिने मेराे काधमा जिम्मेवारी रहेकाे उनले बताय।