न खाने गाँस छ न त बस्ने बास छ । सम्पत्तिको नाउँमा शरीरमा एक सरो लुगा बाहेक केही बाँकी छैन । निरन्तरको अविरल बर्षाले सप्तरी जिल्लाको भारदह स्थित कोसी बाँध किनारका बाढी पीडितहरुको कथा बेथा हो यो । हामीले लिएर गएको राहतको समाग्री उहाँहरु रहेको स्थान सम्म पुर्याउन निकै कठिन परेपछि उहाँहरुलाई सुरक्षित स्थानमा भेला गराई मुश्किलले राहत प्रदान गरियो । थप जानकारीको लागि भिडियो हेर्नुहोस् ।