सचिन पंगेनी
सरकारले बाढिपहिरो तथा डुवानपछि राहात, उद्धार र पुर्नस्थापनामा भएका प्रयासबारे व्यवस्थापिका संसद बैठकलाई जानकारी गराएको छ ।
गृहमन्त्री जनार्दन शर्माले सिमित श्रोत साधनका बाबजुद सरकारले राहत र उद्धारमा कुनै कमि नल्याएको बताए । शर्माले अहिलेसम्म बाढीपहिरो र डुवानमा परि १११ जनाको मृत्यु भएको तथा ३३ जना भन्दा बढि हराइरहेको जानकारी गराए ।