सचिन पंगेनी
गौशाला, ३१ साउन। महोतरी जिल्लाको सदरमुकाम जलेश्वरमा बाढीका कारण ठाऊँ नपाएर एक मृतकको आँगनमै दाहसंस्कार गरिएको छ । जलेश्वर नगरपालिका- ९ प्रकौली गाऊँका ५५ वर्षीय रामेश्वर चौधरीलाई हृदयाघातबाट मृत्यु भए पछि आँगनमै दाहसंस्कार गरेका छन् । गाऊँमा जतातातै पानीले भरिएर कुनै ठाउँ नभेटिएपछि तीन भाइ छोराले बुबाको मृत शरीरलाई आँगनमै जलाएको छिमेकी ललित चौधरीले जानकारी दिएका छन् ।
बाढीका कारण घरबाट समेत निस्कने अवस्था नरहेको र गाको कुनै पनि ठाऊँ वा वनसमेत सुख्खा नरहेको पाएपछि बुबा रामेश्वरलाई आँगनमै जलाएको कान्छा छोरा दिनेश चौधरीले बताए ।