संवाददाता,
दाङ ३१ साउन । दाङमा साउन २८गतेदेखि आएको अविरल वर्षा संगै खोला तथा नदिमा वढेको भेलले ६सय ५७हेक्टरको वालीमा क्षेति पुर्याएको जिल्ला कृषिविकास कार्यालय दाङले जनाएको छ । दाङको तल्लो तटियक्ष्ँोत्रमा लगाईएको वालिमा वाढि पसेर वालुवा, गेगरले पुरेको र उपल्लो तटिय क्षेत्रमा खेतिलाई कटानगरी वगाएको जनाईएको छ । कार्यालयका अनुसार कटानको भन्दापनि वालुवा र गेगरले पुरेर धेरैवालि नष्टभएको प्रारम्भीक रिपोट आएको कार्यालयका प्रमुख दिपक कुमार शर्माले वताए । अविरल वर्षा संगै हावाहुरी समेत आउँदा तयारी पोलेर खानका लागि तयारीभएको धेरै मकैवाली समेत नष्टभएको जिल्ला कृषिविकास कार्यालय दाङले जनाएको छ । कार्यालय प्रमुख दिपक शर्माका अनुसार लगातारको वर्षा संगै खोलाहरुमा आएको वाढिले जिल्लामा ३सय ५७ हेक्टर धानवाली , १सय ७०हेक्टर मकैवाली र १सय ३०हेक्टरको वर्षे तरकारी वाली नष्टभएको छ । कार्यालयका अनुसार जिल्लाका १०स्थानिय तह मध्य ६स्थानिय तहमा वाढिले धेरै खाद्यन्नवालीमा क्षेतिपुर्याएको छ भने फाटफुट रुपमा पुरैजिल्लामा नै क्षेतिपुर्याएको छ ।