कपाल सुन्दर बनाउने रहरमा मानिसले कपालमा विभिन्न खालका रङहरु लगाउने गर्दछन। तर ति रङहरुले गर्ने असरहरुको बारेमा कसैले पनि ध्यान दिदैनन। बजारमा पाइने हेयर ट्रिट्मेन्ट तथा कलरहरुमा विभिन्न रसायनिक पदार्थ मिसाइएको हुन्छ। जसको असर सिधै कपाल तथा टाउकोमा पर्न जान्छ। त्यसैले यस्ता वस्तुहरु प्रयोग गर्नु पहिले यी कुरामा ध्यान पुर्याउनु जरुरी छ।
हेयर कलरको असर आखाँमा बढि पर्छ। यसले आखाँ पोल्ने र दुख्ने समस्या उत्पन्न हुन्छ। नियमित रुपमा हेयर कलर प्रयोग गर्नाले कपालमा भएको पौष्टिक तत्व नाश भइ कपाल रुखो हुने तथा झर्ने समस्या सुरु हुन्छ।
कपालमा प्रयोग गरिने हेयर कलरमा क्षार तथा पिपिडि नामक केमिकल हुन्छ। यसले छालामा रातो दाग र धब्बा बनाउँछ। मेहेन्दिबाट आउने बास्नाले फोक्सो तथा श्वासप्रश्वास प्रणालीमा सिधै नकारात्मक असर पार्दछ। हेयर कलरमा पाइने केमिकल्सले कपाल तथा छालाको एलर्जी गराउदछ। हेयर कलरले अनुहारमा दाग तथा एलर्जी आउने हुन्छ। लगातार हेयर कलर लगाउनाले कपालमा चाँया पर्दै जान्छ।
लामो समयसम्म हेयार कलर प्रयोग गर्ने व्यक्तिमा क्यान्सरको खतरा हुन सक्ने कैयौं अध्ययनले जनाएको छ।
जानु थापा
ब्युटिसियन