संजय कुशवाहा
१ भदौ नवलपरासी । नवलपरासी जिल्लाको सुस्ता गाउपालिका अन्तर्गतका एक बालक नारायणी नदिमा बेपत्ता भएका छन ।नवलपरासीको सुस्ता गाउपालिका वार्ड न. ५ साबिक गा.वि.स पक्लिहवा वार्ड न.८ बलिनगर बस्ने धनराज चमार का छोरा वर्ष १३ का संदिप चमार बुधबार बेलुका ४ बजे भारतको तेलफार गाउको नजिक नारायणी नदिमा पौडि खेलने क्रममा बेपत्ता भएका छन । उनी बलिनगरको बि.पि माध्यमिक विध्यालय कक्षा ५ मा अध्यनरत थिए । हरिजन आफनो गाउको आफू सहित पाच जना साथी संग नारायणी नदिमा पौडि खेलन गएका थिए । तर लगता अभिरल वर्षाले गर्दा नारायणी नदिमा पानीको बहाव बढेको छ । त्यहि नारायणी नदिको पानीमा पाँच जना साथी मध्य हरिजन पानीको चपेटामा परेपछि बचेका चार जना हरिजनको घरमा बताएका छन । नारायणी नदिमा बेपत्ता भएका चमारको शव अहिले सम्म फेला परेको छैन । शवको खोजी कार्य भैरहेको रामनगर प्रहरी चौकी का ईन्चार्ज भिम बहादुर चौधरीले जानकारी दिनु भएको छ ।