सोनकलि थारु
३ भदौ सुनवल । रेडियो सुनवल ९०.७ मेगाहर्जको आयोजनामा आज तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा रेडियोमा कार्यक्रम संचालन भएको कार्यक्रमलाइ पर्बत हिलेली सुनचादी पसलले सहयोग गरेको थियो भने शार्मा इन्टरप्राइजेज , लण्डन ब्रिज पार्टी प्यालेस ,र पराजुली फार्मेसी सुनवलले प्रयोजन गरेको थियो ।
कार्यक्रममा बन्कटटीबाट देवरुपा गौतम, ममता आचार्य , बन्कटटीबाट धर्मराज गौतम , शन्तिटोलबाट सुप्रिमा न्यौपाने ,जानकी पौडेल, दुर्गा पौडेल क्षेत्री,हिरा थापा, भुमहिबाट कल्पना काफले ,बडेराका चन्द्रकला चपागाइ ,मानिसा क्षेत्री र सिता भण्डरी ,बडेराका तुल्सी बिक ,किर्तिपुरका सबित्री शार्मा गरी १३ जना सहभागि भएका थिए ।नेपाली संस्कृति र धार्मिक महत्व वुझाउन र कला संस्कृति जार्गेना गर्ने उदेश्य लिएर तिज बिशेष कार्यक्रम गरिएको रेडियोका स्टेशन म्यानेजर इन्द्र कुमार रेग्मिले जानकारि दिनुभएको छ । आर जे केपि पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सुनवलकी जानकी पौडेल प्रथम, भुमहिका कल्पना काफले द्धितिय,बडेराका चन्द्रकला चपागाइ तृतीय र सामीटोलका ममता आचार्य सन्तवना भएका छन ।
प्रथम पुरस्कार रु ३ हजार र प्रमाणपत्र ,द्धितिय पुरस्कार २ हजार र प्रमाणपत्र , तृतिय पुरस्कार रु १ हजार र प्रमाणपत्र ,तथा शान्तवना हुनेलाई रु ५०० पुरुस्कार राखिएको छ ।यही भाद्र १० गते शानिबारका दिन दिउसो १ बजे एक कार्यक्रमका बिच बिजेताहरुलाइ नगद र प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम रहेको स्टेशन म्यानेजर रेग्मिले बताउनुभएको छ । साथै बिजेता प्रतियोगीहरुले आ आफनो परिचय खुल्ने प्रमाण्पत्रसहित स्वयम् उपस्थित हुना समेत अठ नुरोध गरिएको छ ।परिकला संस्कृति जार्गेना तथा परम्परा पुरानो पुस्ता बाट नयाँ पुस्तामा हस्तान्त्रण गर्ने प्रतियोगीताको मुख्य उद्देश्य रहेको छ ।