सोनकलि थारु
३ भाद्र सुनवल । प्रतापपुर गाउपालिका वार्ड न ६ कठहवाको मुसहर टोलमा राहत बितरण गरिको छ । आलोक श्रेष्ठ को अध्यक्षतामा सुनवल बजार डटकमले माहिला तथा बालबालिका कार्यलय नवलपरासी जिल्ला प्रसासान कार्यलय नवलपरासीले संयुत्त रुपमा राहत सामग्री बितरण गरेका छन । मुसहर टोलका ५२ घरपरिवार लाइ २५ किलोको दरले चामल ,१ किलोको दरले दाल , तेल ,नुन ,मसला, साबुन, चिररा बिस्कुट , भाडाकुडा, लत्ताकपडा, औषधि लगायातका सामग्री बितरण गरिएको सहकर्मी संजय कुश्वाहाले बताउनुभएको छ । राहत बितरण कार्यक्रममामाहिला बिकास अधिकृत उर्बरा लुइटेल, गुठीप्रसौनी प्रहरी चौकीका हवाल्दार प्रितम यादब, शासस्त्र प्रहरी बार्डर आउट पोष्ट गुठीप्रसौनीका इन्सपेक्टर तेजबहादुर बुढाथोकी ,परिचालिका साधना राजभर लगायातकाृे सहभगितामा रहेको थियो ।
यस्तै कोरियन सस्था कोइकाले प्रतापपुर गाउपालिका वार्ड नं ८ का १६० घरधुरीलाइ ४५० वटा किटनाशक झुल बितरण गरेको छ । वार्ड नं ८ का वडाअध्यक्ष कादिर अलि अन्सारी, गुठीप्रसौनी प्रहरी चौकीका इन्चार्ज बिरेन्द्र खत्री लगायातको सहभागितामा झुल बितरण गरिएको छ ।