डिप्रेसन एक प्रकारको मानसिक रोग हो । यसलाई मानिसहरुले धेरै ठुलो रोगको रुपमा लिन्छन् । यसको उपचार समयमै गर्न सकियो भने निको पनि हुन्छ । डिप्रेसनले सोचाई र व्यवहारमा असर पर्छ । डिप्रेसन मानिसलाई हुने रोगहरु मध्ये प्रमुख रोग हो । समयमै उपचार भएन भने कहिलेकाही यसले ठुलो समस्या निम्त्याउन सक्छ । घरपरिवार,समाज,आफन्तको डरले गर्दा मानिसहरु यसबारे खुलेर कुरा गर्न सक्दैनन् ।
डिप्रेसन एक मानिसक समस्या हो । यो समस्या भएका व्यक्तिको मन निरास हुने,थकानको महसुस हुने,आत्मविस्वास कमि आउने, सधै नरमाइलो लाग्ने,कम गर्न मन नलाग्ने,दिक्क लाग्ने आदि लक्षण देखिन्छन् । डिप्रेसन भएका मानिसको निन्द्रा र खानाको गडबडी हुने,कसैसंग बोल्न मन नलाग्ने,इच्छाशक्तिमा कमि,हरेस खाने,केहि गर्न सक्दिन भन्ने सोच आउन सक्छ । यति मात्रै हैन , डिप्रेसन भएका मानिसहरु आत्महत्याको सोच आउने समस्या पनि भेटिन्छ ।
टाउकोमा चोट लागेको मानिस,मुटुमा समस्या हुने मानिस,थाईराइडको समस्या हुनेहरुमा डिप्रेसन हुने सम्भावना हुन्छ । टाउको,पेट,छाती वा हातखुट्टा दुख्ने,अपच हुने,केटाकेटीहरुलाई डिप्रेसन भएमा खेल्न नमान्ने,झगडा गर्न्ने,बिद्यालय नजाने जस्ता लक्षण पनि देखापर्छन । डिप्रेसन भएको अवस्तामा हलचल नगरी बसिरहने,खाना खादै नखाने वा बोल्दै नबोल्ने पनि हुन सक्छ ।
यसरी हुन्छ उपचार
डिप्रेसनको पहिलो अवस्था हो भने काउन्सेलिङ्गबाट मात्र पनि उपचार गर्न सकिन्छ । त्यसपछिका अवस्थामा औषधि प्रयोग गर्नुपर्ने हुन्छ । केहि समय औषधि प्रयोगपछि डाक्टरको सल्लाहअनुसार छोड्न सकिन्छ । कहिलेकाही औषधिको साइड ईफेक्त पनि हुन सक्छ ।
पंकज जलान
न्यूरोलोजिस्ट