काठमाडौं, भदौ ८ । नेपाल–भारतबीच विभिन्न आठ बुँदामा समझदारी भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पाँच दिने भारत भ्रमणको दोस्रो दिन बिहीबार नेपाली प्रतिनिधिमण्डल र भारतीय प्रतिनिधिमण्डलबिच नेपालमा भूम्पछिको पुनर्निर्माण, मेची पुलको लगायतको विषयमा भएको समझदारीमा हस्ताक्षर भएको छ ।
त्यस्तै चार समझदारी २५० विलियन अर्थात २ खर्ब २० अर्बको भएको पुनर्निर्माण प्रधिकरणका कार्यकारी प्रमुख गोविन्द पोखरेलले जानकारी दिए । नेपाल र भारतबीच मोची पुल पुननिर्माण, लागू औषध नियन्त्रण, तापतौल र चार्टर एकान्टेनसम्वन्धी चार समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।