प्रधानमन्त्री शेरबहादुर देउवाको र भारतका समकक्षी नरेन्द्र मोदीबीच ८ समझदारी पत्रमा हस्ताक्षर भएको छ। त्यस्तै मोदीले बिहीबार १३२ केभी क्षमताका दुई प्रसारण लाइन (कटैया-कुशहवा र रक्सौल-परवानीपुर)को उद्घाटन गरेका छन्।
नेपाल विद्युत प्राधिकरणले भारतबाट आउने थप बिजुलीले हिउँदमा लोडसेडिङ हटाउन राहत हुने जनाएको छ। समझदारी भएकामध्ये चार विषय भूकम्पपछिको पुनःनिर्माणमा भारतले नेपाललाई दिने भनिएको सहयोगसँग सम्बन्धित छन्। भूकम्प प्रभावित क्षेत्रको शिक्षा र सांस्कृतिक सम्पादा पुनःनिर्माणबारे पनि समझदारी भएको छ। यो सम्झौतासँगै आगामी आगामी हिउँदको भारतबाट थप एक सय मेगावाट विद्युत् थपिनेछ।
त्यस्तै केही समय पहिले विद्युत् आदान प्रदान समितिको बैठकबाट १३२ केभी क्षमताको प्रसारण लाइनबाट आयात हुने विद्युत्को मूल्य प्रतियुनिट रु ८.८८ (भारु ५.५५) हुने तय गरिएको थियो। भारतबाट आयातीत ऊर्जा ३४.७६ प्रतिशतले बढेको छ।
कुलमान घिसिङले भने ‘केही दिनअघि पोहोरभन्दा कुलेखानीमा पानीको तह करिब ६ मिटर कम थियो। पछिल्ला दिनमा हामीले पोहोर सालको हाराहारीमा ल्याइसकेका छौं’ । उनका अनुसार बिहीबारसम्म कुलेखानीमा पानीको तह १५१७ मिटरमा आइपुगेको छ।