दक्षिण कोरियाकै सबैभन्दा शक्तिशाली व्यापारी साथै सामसुङका कार्यवाहक अध्यक्ष लीले पूर्व राष्ट्रपति पार्क गुन हेकी एकजना नजिकको साथीलाई घुस दिएको सोल जिल्ला अदालतले ठहर गरेको हो। उनलाई भ्रष्टाचार मुद्दामा पाँच वर्षको जेल सजाय सुनाएको छ । उनी एउटा ठगी प्रकरणमा मुछिएका थिए जसलाई लिएर दक्षिण कोरियाका पूर्व राष्ट्रपतिमाथि समेत महाभियोग लागेको थियो ।
दक्षिण कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार लीले ५० लाख डलर अनियमितता गरेको अदालतले ठहर गरेको छ। तर स्मार्टफोन उत्पादकका डि फ्याक्टो हेड रहेका लीले आफूमाथि लागेको सबै अभियोग अस्वीकार गर्दै आएका छन् ।
सामसुङका अरु दुईजना कार्यकारीलाई अदालतले चार/चार वर्षको जेल सजाय सुनाएको छ। साथै ली दक्षिण कोरियाका तेस्रो धनी व्यक्ति पनि मानिन्छन् ।