अंग्रेजीमा एउटा भनाई छ ‘Early to bed and early to rise, makes a man healthy, wealthy, and wise’ यो भनाई त्यसै बनाइएको होइन , यसको पछाडी ठुलो राज लुकेको छ ।
हाल गरिएको एक अध्ययनका रिपोर्टको अनुसार उनीहरुले दाबी गर्छन कि रातीमा धेरै बेरसम्म जाग्ने र समयमा नसुत्ने बच्चामा डायबिटीज जस्तो खतरनाक बिमारीको खतरा हुने गर्छ । उनीहरुले 9 देखि 10 वर्षका 4,525 बच्चा माथि यो अध्ययन गरेर नतिजा निकालेका हुन् ।
University of London को अनुसन्धानकर्ता क्रिटोफर ओवले भने कि राती अबेरसम्म जाग्ने बच्चाको निन्द्रा पूरा हुदैन र यसको कारण उनीहरुमा कुनै खतरनाक बिमारीको सुरु हुने गर्छ । अध्ययनकै बेलामा निन्द्रा पूरा नगर्ने बच्चामा डायबिटीज र मोटापेको खतरा एकदम धेरै देखिएको छ । खासगरि से बच्चाको कम्मर र तलको भागमा यसको खास प्रभाव देखिएको छ ।
अध्ययन गर्ने अनुसन्धानकर्ताको अनुसार बच्चाको यो कारणले परिवारको आर्थिक स्थितिमा नि प्रभाव पर्न सक्छ । समयमा सुत्ने बच्चाभन्दा रातीसम्म जाग्ने बच्चाको प्रतिरोधक क्षमतामा कमजोरी भएको पनि पाइएको छ । त्यस्तै बच्चाको लागि कम से कम 10 देखि 11 घण्टाको निन्द्रा जरूरी हुन्छ ।