१२ भदौ , काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा स्पष्टिकरण दिएका छन्। संविधान संशोधन गर्ने विषयमा भारतीय प्रधानमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा बोलेको विषयमा देउवाले संसदमा स्पष्टिकरण दिएका छन्।
देउवाले संसदमा विशेष समय लिएर नेपालको राष्ट्रिय एजेण्डाबारे अन्तराष्ट्रिय समुदाय र छिमेकीलाई जानकारी गराउनु अस्वभाविक नभएको बताए।
“संविधान संशोधनबारे हामीले गरेको प्रयासबारे मैले संयुक्त पत्रकार सम्मेलनमा बोलेको छु। यो विषयलाई लिएर केही राजनीतिक दल र सञ्चार माध्यमबाट आएको टिप्पणीप्रति मेरो ध्यानाकर्षण भएको छ” भन्दै प्रधानमन्त्री देउवाले स्पष्टिकरण दिएका थिए ।
संविधानको कार्यान्वयन नितान्त नेपाल र नेपालीको आन्तरिक विषय भएको भन्दै उनले यसमा कसैसँग सम्झौता नभएको र हुन पनि नसक्ने बताए ।
साथै उनले नेपाली नम्बर प्लेटका बुलेटको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कुरा राखेको तर, मोदीले भारतमा भारतीय नम्बरप्लेटका बुलेट मात्रै सञ्चालन हुन सक्ने जानकारी गराएको देउवाले उल्लेख गरे ।