१२ भदौ , एजेन्सी – धेरैलाई सुन्दा अचम्म लाग्ला तर यो सत्य घटना हो । उत्तरी अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठुलो चिठ्ठा जित्ने एक महिलाले ७५८.7 मिलियन डलर अर्थात् करीब ८० अर्ब नेपाली रुपैयाँ जितेकी छिन् र आफ्नो जागिर छोडेकी छिन् । उनी ५३ वर्षीया माविस वांकजिक हुन् र उनी दुई सन्तानकी आमा हुन् ।
पेट्रोल स्टेशनमा किनेकी थिईन चिठ्ठा :
माविसले मैसाचुसेट्सको शिकोपीमा एक पेट्रोल स्टेशनदेखि टिकट किनेकी थिईन । चिठ्ठा जित्ने माविसले मीडियालाई भनिन् कि उनले आफ्नो जागिर छोडेकी छिन् । उनले लकी नंबर ६ , ७ , १६ , २३ , २६ र ४ थिए ।
यो भन्दा पहिला जनवरी २०१६ मा अमेरिकाको पावरबेल जैकपॉटमा 1.6 बिलियन डलरको चिठ्ठा निस्केको थियो । यो रकम तीन टिकट होल्डर्सको बीचमा बाडिएको थियो । मैसाचुसेचट्स स्टेट लटरीले बुधवार राती टिकटको ड्र सार्बजनिक गरेका थियो ।
जन्मदिनको आधारमा टिकट नम्बर रोजेको :
लटरी जितेपछि माविसले भनिन् , ”पहिलो काम जुन म गर्न चाहन्छु त्यो भनेको घर बस्ने र आराम गर्ने । मेरा यो सपना थियो जुन पूरा भएको छ ।” उनले आफूले आफन्तको जन्मदिनको आधारमा टिकटको नम्बर चुनेको बताइन् ।
माविसले भनिन् , ”मैले ३२ वर्षसम्म मेडिकल सेन्टरमा जागिर गरे । मैले उनीहरुलाई भनिसके कि अब म फेरी त्यो काममा फर्किदैन । अब म ओछ्यानमै बस्नेछु।” उनले आफ्नो अगाडीको प्लानको बारेमा भन्दै पहिलाको साल उनले नयाँ कार लिएकी थिईन जसको सारा पैसा अब म एकैपटक चुक्ता गर्न पाउने छु भन्दै खुसी प्रकट गरिन् ।