१२ भदौ , काठमाडौँ – केहि समय अगाडी माओबादी पार्टी परित्याग गरेका बाबुरामले अब आफ्नो नयाँ शक्ति पार्टीलाई संसदमा दर्ता गराएका छन् ।
नयाँ शक्तिले थरुहट तराई पार्टी लोकतान्त्रिकसँग एकता गरेपछि संसदमा विधिवत् रूपमा प्रवेश गरेको हो। निर्वाचन आयोगले थरुहट पार्टी र नयाँ शक्ति एकताको भएको पत्र संसद सचिवालयमा पठाएपछि विधिवत् रूपमै संसदले नयाँ शक्तिलाई मान्यता दिएको हो।
पार्टी संसदमा प्रवेश गरेसँगै पार्टीले आगामी निर्वाचनमा निर्वाचन चिन्ह मतपत्रमा माथिल्लो सूचीमा राख्न पाउनेछ। संसदमा रहेका दलहरूको निर्वाचन चिन्ह हैसियत अनुसार उपलब्ध माथिल्लो तहमा मतपत्रमा रहनेछन् ।