१३ भदौ ,काठमाडौ – महानगरीय अपराध महाशाखाले दुग्ड फ्रुट एनड वेभरेज प्रालिको सतुंगलस्थित कम्पनीमा छापा मारेको छ ।
महाशाखाका अनुसार छापा मर्दा कम्पनीले उत्पादन गर्ने फ्रुटी जुस बनाउन प्रयोग गरिने पदार्थ टाटापुरी म्याङ्गो पल्प मिति गुज्रेको भेटिएको थियो ।
महाशाखाका अनुसार दुई बर्षअघि नै म्याद गुज्रिएको कच्चा पदार्थको प्रयोग गरेर कम्पनीले फ्रुटी जुस उत्पादन गरिरहेको थियो । यो खबर आजको कान्तिपुर दैनिक छ ।