एजेन्सी/भारत
विद्यालयको निरीक्षण गर्न गएका एक सांसद विद्यालयको होस्टलको बाहिरबाट बन्द गरिएको कोठाभित्र हेर्दा चकित परेका छन् । विद्यालय प्रशासनले सामान्य रुपमा चलिरहेको बताएको होस्टलको कोठामा हेर्दा त्यहाँ १६ जना बालिकालाई थुनेर राखेको भेटिएको हो । सबै बालिकाहरु कोही टाउको दुख्ने त कोही पेट दुख्ने भएका कारण तड्पिरहेका थिए । कोठाको ढोका बाहिर बन्द थियो ।
भारतको उत्तर प्रदेश सीतापुरमा रहेको राजकीय आश्रम पद्धती विद्यालयको निरीक्षण गर्न सांसद राकेश राठौर पुगेका थिए । उनले बन्द ढोकाभित्रबाट आवाज सुनेपछि ढोका खोल्न लगाएका थिए । निरीक्षणपछि विद्यालयकी प्रधानाध्यापक रीतालाई बर्खास्त गरिएको छ । भेटिएका सबै बालिकाहरुलाई अस्पताल पुर्याइएको छ । धेरै बालिकाहरुको अवस्था निकै नाजुक रहेको बताइएको छ । अस्पताल पुर्याइएका बालिकाहरुले प्रधानाध्यापक निकै क्रुर भएको बताउँदै आफूहरुले उनको नाम ‘गब्बर म्याम’ राखेको बताएका छन् ।