१४ भदौ , एजेन्सी – केहि दिन अगाडी देखि यस्तो खबर आएको थियो कि ‘द कपिल शर्मा शो’ को सेटदेखी अजय देवगन रिसाएर निक्लिएका थिए । अजय देवगन फिल्म ‘बादशाहो’ को टीमसँगै कपिल शर्माको शो मा आएका थिए । तर जब कपिल सेटमा पुगेका थिएनन् त्यसपछि अजय देवगन रिसाएर त्यहाँबाट निस्किएका थिए । मंगलवार दिएको एउटा अन्तर्वार्तामा अजय देवगनले स्वीकारे कि उनी सेट छोडेर निस्केका थिए । अहिलेसम्म उनले कपिल किन शूटिंगमा पुगेनन् भन्ने कुरा थाहा पाएका छैनन् ।
सोनी टीभीका पीआर टीमका अनुसार ,स्वास्थ्य अवस्था ठिक नभएका कारण कपिल शूटिंमा आएका थिएनन् । अजय देवगनले पनि कपिलकोको केहि महिनादेखी स्वास्थ्य ठिक नरहेको भनेका छन् , तर अजयलाई अझै थाहा छैन कि त्यो दिन कपिलले किन ढिलो गरे ? एक पत्रकारले उनलाई सोधे कि किन कपिल शर्मा आफुलाई ठुलो स्टार सम्झिन लागिरहेका छन् , यसमा अभिनेताले भने, “त्यस्तो हैन , पहिला पनि धेरै शो रद्द भएको थियो । अघिल्लो केहि दिनदेखी कपिल ठीक छैनन् । म थाहा छैन के भएको छ ।”
अजयले यो नि भने कि उनी रिसाएर सेट छोडेर गएका हैनन् । उनका अनुसार , ” हामी त्यहाँदेखी निस्किएम किन भने कपिल सेटमा पुगेका थिएनन्…जब म उनलाई अर्कोपटक भेट्छु तब यसको कारण सोध्नेछु ।”
के अजय कपिलको शोमा फेरी कुनै दिन आउनु हुन्न ? यसमा अजयले भने , “शाहरुख खानले कहिलै भनेनन् कि उनी कहिलै फर्किनन् र मैले भन्नेछु । यस्तो खबर हजुर आफैले (मीडियालाई इशारा गर्दै ) फैलाएको हो । हामी कलीग्स हो । सबै राम्रो काम गरिरहेका छन् । जब पनि पछि भेट्ने छु मायाको साथ मिल्नेछु ।”
सेप्तेम्बेर १ मा रिलीज हुने फिल्म ‘बादशाहो’ को प्रमोशनको लागि अजय देवगन, ईशा गुप्ता, इमरान हाशमी र इलियाना डिक्रूज ‘द कपिल शर्मा शो’ को सेटमा गएका थिए । स्टार्स धेरै बेरसम्म कपिललाई रोकिरहेका थिए । जब कपिल आएनन् त्यसपछि सबै खाली हात फर्किन पर्यो । हुन त , यो पहला पटक हैन कपिल शर्माको सेटबाट कुनै सेलिब्रेटी फर्केको , यो भन्दा पहिला शाहरुख खान, अनुष्का शर्मा, अनिल कपूर, अर्जुन कपूरको बिना शूटिंग घर फर्केका थिए ।