१४ भदौ ,भैरहवा – अहिले सुजाता पाण्डे निकै चर्चामा छिन कारण हो अन्तर्राष्ट्रिय फ्रेन्चाइजीप्राप्त नेपालकै ठूलो गायन प्रतियोगिता ‘नेपाल आइडल’मा महिलातर्फकी विजेता एवं उत्कृष्ट ५ जनामा पुग्न सफल हुन पुगेकी सुजाता पाण्डे हाल आफ्नो घर फर्केकी छिन उनलाई विभिन्न संघसंस्थाले विमानस्थल मै सोमबार स्वागत गरेका छन् ।
८० हजार प्रतियोगी हरुलाई पाखा लगाउदै नेपाल आइडलको अडिसनमा छनोट भएपछिको करिब ६ महिना काठमाडौं बसाई पछि पहिलोपटक आफ्नो घर मणिग्राम आउने क्रममा सुजाता जिताऔं अभियान सँगै स्थानिय क्लब संघसस्थाहरुले उनलाई भैरहवा विमानस्थलमा स्वागत गरेको थियो ।
त्यसो त सुजाताले अध्ययन गरेको गिर्वाण सरस्वती संस्कृत तथा साधारण माविले पनि विद्यालयमा एक कार्यक्रम गरी सुजातालाई स्वागत गरेको छ । विद्यालयका प्राचार्य छन्दबहादुर पाण्डेको अध्यक्षता र शिक्षक शिवलाल पाण्डेको संचालनमा भएको कार्यक्रममा अभियानका अध्यक्ष तेजप्रसाद पाण्डे,संगीतकार सुरेश सेन्चुरी र सुजाता पाण्डेले बोल्दै टप ५ सम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । यस्तै सुजाताले संगीत सिक्ने बागेश्वरी संगीतालय बुटवलले पनि सुजातालाई बुटवलमा स्वागत गरेको छ ।
बागेश्वरी संगीतालयका प्रमुख सुरेश सेन्चुरीले सुजाता जस्तो प्रतिभाको धनिलाई नेपाल आइडलमा महिला तर्फ उत्कृस्ट देख्न पाउदा खुसि लागेको बताउछन ।
सुजाताले सबै भोट गर्ने अनि प्रत्यक्ष अपर्त्यक्ष रुपमा सघाउने सबैलाई धन्यबाद दिएकि छिन् ।