१५ भदौ, एजेन्सी – बलिउड अभिनेत्री अनुष्का शर्माको प्रोडक्शन हाउसको फिल्म ‘परी’ को सेटमा एक व्यक्तिको मृत्यु भएको छ । सेटमा करेन्ट लागेको कारण त्यो व्यक्तिको मृत्यु भएको रहेछ । स्रोतका अनुसार फिल्मको शूटिंग पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लामा चलिरहेको थियो । रिपोर्ट्सका अनुसार कोरोलबेरिया इलाकामा ‘परी’ फिल्मको आउटडोर शूटिंग चलिरहेको थियो । त्यही बेला यो घटना भएको थियो । यो घटनाको पुष्टि अनुष्का शर्माको भाई कर्णेश शर्माले गरेका थिए ।
रिपोर्टरका अनुसार प्रोडक्शन टीमका लाइटिंग डिपार्टमेंटको केहि लाइट एउटा ठाउँ देखि अर्को ठाउँमा शिफ्ट गर्नको लागि भनिएको थियो , त्यही बेला उत्तर प्रदेशमा बस्ने शाहबे आलमलाई बिजुलीको तारलाई नाङ्गो हातले छोएका थिए , त्यसले उसलाई करेन्ट लाग्यो र नजिकको अस्पतालमा लैजादै गर्दा उसको मृत्यु भएको थियो । अहिले पुलिस यो कुराको अनुसन्धान गरिरहेको छ ।
अनुष्का शर्माका भाई कर्णेशले भने कि ” यो घटना दुखद हो । हामीले हाम्रो लाइट डिपार्टमेंटको एक असल सदस्यलाई गुमाएका छौ । शाहबे आलमलाई बचाउन हामी एकदम प्रयास गरिरहेका थियौ ।” यो अनुष्का शर्माको प्रोडक्शनको तेस्रो फिल्म हो । यो भन्दा पहिला उनले ‘एनएच १०’ र ‘फिल्लौरी’ फिल्म बनाइसकेकी छिन् । फिल्म परीमा अनुष्काको भाई कर्णेश पनि प्रड्यूसरको रुपमा काम गरिरहेका छन् । अनुष्का यो फिल्ममा एउटा महत्वपूर्ण भूमिका देखिने छिन् ।