१५ भदौ, चितवन – गएराति चितवनमा आएको अबिरल वर्षाका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड बिहीबार दिउँसोबाट खुलेको छ।
भासिएको नारायणगढ-मुग्लिन सडक दिउँसो ४:३० बजे बाट दुईतर्फी सञ्चालनमा आएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिएका छन् ।
गएरातिको भारी वर्षापछि करिब ५० मिटर लम्बार्इ सडकको चार मिटर चौँडा भाग भासिएपछि सडक ठप्प भएको थियो।