१५ भदौ, काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरोले काठमाडौंमा चीनबाट ल्याइएको १४ किलो अवैध सुनसहित सात जना प्रक्राउ गरेको हो।
उक्त सुन तस्करमा संलग्न भएको आरोपमा सूर्यविनायक नगरपालिका-७ सिरुटारका ३८ वर्षे दिपेन्द्र थापा, काठमाडौं महानगरपालिका-१० वानेश्वर वस्त ३९ वर्षे सरोज थापा, काभ्रे पाँचखाल नगरपालिका १ वस्ने ३८ वर्षे विष्णु गौतम, भक्तपूर सुर्यविनायक नगरपालिका-७ वर्षे राजेन्द्र खत्री, सोही ठाउँ वस्ने ३४ वर्षकै रविन खत्री र धनुषको जनकपुर उपमहानगरपालिका-७ का ३८ वर्षे दीपक कुमार शाहलाई पक्राउ गरेको छ ।
‘चीनबाट ल्याएर भारत लैजान लागेको सूचना पाएर ब्यूरो टोलीले छापा हान्दा सुन फेला परेको हो,’ डिआइजी कार्कीले भने, ‘उनीहरूले ल्याएको केही सुन काठमाडौंमै विक्री गरेको र २ किलो भारत पठाएको खुल्न आएको छ।’
उता ब्यूरोका टोलीले जनकपुरबाट १ किलो सुनसहित चार प्रक्राउ गरेको र थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए ।