१६ भदौ , एजेन्सी – हास्य कलाकार एबम बलिउड अभिनेता कपिल शर्माको कार्यक्रम ‘द कपिल शर्मा शो’ लाई लिएर केहि दिन देखि नराम्रो खबरहरु अगाडी आइरहेको छ । एउटा पछि अर्को सैलेब्रिटीसँग कार्यक्रमको शूट रद्द भएको कारण कपिलको छवि खराब भइरहेको छ । उता केहि एक्टर्सहरुले कपिलको मनोवृत्ति देख्दै गर्दा उनको कार्यक्रममा कहिल्यै नआउने भनेर भनिसकेका छन् । यसै बीचमा कमेडी शो प्रसारण गरिरहेको च्यानलले यो कार्यक्रम रोक्ने निर्णय गरेको छ । च्यानलका अनुसार यो निर्णय कपिलसँग मिलेर गरिएको हो ।
हुन त्, च्यानलको यो कुरा स्पष्ट छ कि प्रसारण केही हप्तासम्म रोकिने छ । यो कपिलको स्वास्थ्य अवस्तालाई हेरेर गरिएको हो । मीडियामा आइरहेको खबरका अनुसार, च्यानलको भनाइ अनुसार केहि समयदेखी कपिलको स्वास्थ्य ठीक छैन, जसको करणले यो कार्यक्रम शूट हुन पाइरहेको छैन । धेरै पटक त उनको हालतले गर्दा शूटहरु रद्द पनि गरिएको थियो , जसले गर्दा कलाकारहरु बिना सुटिङ फर्किनु परेको थियो ।
कपिलको यो अवस्तालाई हेर्दै च्यानलले उनलाई केहि हप्ता आराम गर्नको लागि उनको लेटेस्ट एपिसोडको प्रसारण रोक्ने निर्णय लिएको हो । यो समयमा च्यानलले पुरानो एपिसोडहरु प्रसारण गर्ने छ । कपिलसँगको हाम्रो सम्बन्धलाई महत्व दिदै र उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छौ ।
उता यहि बीचमा यो पनि खबर आएको थियो कि कपिल बिरामी छैनन् , तसर्थ उनी आफ्नो आउन लागेको फिल्म फिरंगीको शूटिंगमा ब्यस्त छन् । यो कारणले उनी आफ्नो शोमाथि ध्यान दिइरहेका छैनन्, जसले च्यानल पनि धेरै क्रोधित भएका थिए । उनीहरुले कपिललाई मौखिक रूपमा उनको मनोवृत्तिलाई लिएर चेतावनी पनि दिएका थिए ।