रबिन्द्र यादव,
नवलपरासी , भाद्र १७ । मुस्लिम धर्मावलम्बीहरुको दोस्रो महान पर्व इद उल बकरिदको अवसरमा अाज नवलपरासीको प्रतापपुर गाउपालिका वडा नम्बर ६ झुलनिपुर साबिक गुठी परसौनी- ५ स्थित रहेको हरपुर भन्सार चोकमा सरसफाइ गरिएको छ । सशस्त्र प्रहरी सिमा सुरक्षा पोष्ट (बिअोपी) गुठी परसौनी र झुलनिपुर बजार व्यवस्थापन समितिको संयुक्त अायोजनामा सरसफाइ कार्यक्रममा स्थानिय हिन्दु र मुस्लिम सामुदायका बासिन्दाहरुको उत्साहजनक सहभागीता रहेको थियो । सरसफाइ बजारको भन्सार चोक देखि दशजगा सम्म गरिएको थियो । अाफ्नो गाउँ अाफै सफा बनाउ भन्ने मुल नारा सहित सरसफाइ अभियान गरिएको स्थानीय कन्हैया हरिजनले बताउनु भएको छ । यसअघि पनि स्थानीय र प्रहरीले संयुक्त रुपमा मुख्य पश्चिमी गण्डक नहरको अविरल बर्षात बाट भत्किएको कालोपत्रे सडकको मर्मत गरि सकेका छन ।