२१ भदौ, काठमाडौं – त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज भएको छ।
कलेजका सम्बन्धमा छानबिन गर्न सनत देवकोटाको संयोजकत्वमा एक समिति बनाएको थियो। समितिमा सदस्य सचिव पर्शुराम कोईराला , सदस्य डाक्टर प्रशान्त भट्ट रहेका छन्। छानबिन समितिले बुधबार बिहान काठमाडौं नेसनलको शिक्षण अस्पताल पुगेर गरेको अध्ययन र अनुसन्धानबाट कलेज वैध नभएको निष्कर्ष निकालेको छ।
‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७०’ बमोजिम नभएको समितिले निष्कर्ष निकाले छ। ‘हामीले आज अनुगमन गर्दा अस्पताल स्वास्थ्य मन्त्रालयबाट कुनै पनि अनुमति नलिएको र संस्था स्थापना, सञ्चालन र स्तरोन्नतीका कुनै पनि मापदण्ड पुरा नगरेको पाइयो,’देवकोटाले भने।
निरीक्षणमा आउँदा कुनै पनि मापदण्ड पुरा नभएको देखियो, उनले भने,‘निरीक्षणमा आउँदा कुनै पनि मापदण्ड पुरा नभएको पाइयाे प्रतिवेदन आजै हामी त्रिविमा बुझाउँछौ निर्णय त्रिविले गर्छ।’
कलेजको सम्बन्धन खारेजी र निर्णयमा संलग्नमाथि कारबाहीको माग राखी डाक्टर केसीले बुधवार ३ बजे पछि माग पुरा नभए अनशन बस्ने घोषणा गरेका छन्।
यसअघि प्रक्रिया मिचेर पूर्वाधारै नपुगेको काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय खारेजीका लागि सरकारलाई निर्देशन दिन संसद्मा प्रस्ताव दर्ता भएको थियो ।