चितवन, भदौ २१ । चितवनको रत्ननगरस्थित माधवपुर बस्तीमा पसेको दुर्लभ तथा संरक्षित मगर गोहीलाई बुधबार राप्ती नदीमा छाडिएको छ । रत्ननगर नगरपालिका–१५ अन्नपूर्ण टोलस्थित माधवपुरकी इन्दिरा न्यौपानेको घरमा पुगेको गोहीलाई बुधबार सौराहानजिकै राप्ती नदीमा लगेर छाडिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी क्षेत्र प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । उनकाअनुसार घरको पिँढीमा मगर गोही सुतिरहेको देखेपछि स्थानीयवासीको आग्रहमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले नियन्त्रणमा लिन खोज्दा घरभित्र पसेकाले बोराले आँखा छोपेर नियन्त्रणमा लिएका थिए । गोही ९० सेन्टिमिटर लामो तथा करिब २० किलोको रहेको निकुञ्जको अनुमान छ ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]