२२ भदौ, काठमाडौं – गत वर्ष केन्द्रीय अनुसन्धान व्युरोले एटीएम ह्याकिङमा संलग्न पूर्वी युरोपियन देशका चारवटा समूहलाई पक्राउ गर्यो । पटक–पटक पक्राउ गरेपछि एटीएम ह्याकिङमा संलग्न गिरोहले नेपाललाई नक्कली एटीएममार्फत पैसा चोर्ने देशका रुपमा दुरुपयोग नगर्ने प्रहरीको विश्वास थियो ।
१ हजार ७ सय ५४ रुपैयाँमा खरिद गरेको टिसर्ट ३ हजार ७ सय ९० रुपैयाँ बिक्री मूल्य राखिएको थियो । त्यसमा ३० प्रतिशत छुट राखेर २ हजार ६ सय ५० रुपैयाँ बिक्री मूल्य तय गरिएको थियो । त्यस्तै १ हजार ६ सय ४० रुपैयाँ खरिद मूल्य रहेको रिबुकको क्रस फिट फिट जुत्ताको बिक्री मूल्य ७ हजार ६ सय १५ राखेको पाइयो । दुईवटा सामानको खरिद र बिक्री मूल्य हेर्दा अत्यधिक अन्तर देखिएपछि टोलीले उक्त पसलमा सिल लगायो ।
त्यसपछि टोलीले केही पसलमा अनुगमन गरेर अघि बढ्यो । तर केही पसल अनुगमन गरेपछि धमाधम सटरहरु बन्द हुन थाले । अनुगमन निरीक्षक श्रीराम अधिकारीले करिब ४ बज्न लागेपछि धमाधम सटर बन्द हुने क्रम बढेपछि अनुगमन रोकिएको जानकारी दिए ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।