२२ भदौ , चितवन – बिप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले पूर्वी चितवनको रत्ननगरमा जग्गा कब्जा गरेको छ । रत्ननगर नगरपालिका ९ मा रहेको करिव ३ बीघा जग्गा सो पार्टीले झण्डा र ब्यानर गाडेर कब्जा गरेको घोषणा गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टीको इलाका नम्बर ३ ले सो जग्गा कब्जा गरेको ब्यानरमा उल्लेख छ । विगतमा कम्युनिष्ट पार्टीको नियन्त्रणमा रहेको जग्गा अहिले केहि ब्यक्तिले भोगचलन गरी उद्योग संचालन गर्न खोजेको भन्दै जग्गा पुन: कब्जा गरेको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीको ब्यानर र झण्डा प्रहरीले हटाइसकेको छ ।
जग्गा कब्जाको घोषणा गर्ने ब्यक्तिहरुको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायक उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए ।
यो आजको दैनिक पत्रमा खबर छ ।