२३ भदौ , एजेन्सी – दक्षिण मेक्सिकोमा आज बिहान शक्तिशाली भूकम्पले आएको छ । ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट कम्तिमा पाँचजनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
दक्षिण–पश्चिम सहर पिजी जापानबाट करिब ८७ किलोमिटर टाढा ३३ किलोमिटर मुनि समुद्रमा इपिसेन्टर रहेको भूकम्पका कारण मेक्सिको, ग्वाटेमाला, एलसाल्भाडोर, कोस्टारिका, निकारागुवा, पानामा र होन्डुरसमा ३ मिटरसम्मको सुनामी आउन सक्ने प्यासिफिक सुनामी वार्निङ सेन्टरले चेतावनी दिएको छ ।
भूकम्पको तीव्रताका कारण अधिकांश मानिस घरबाट सडकमा निस्किएका थिए । ग्वाटेमालाको सीमानजिकै गएको भूकम्पको झड्का मेक्सिको सिटी र ग्वाटेमाला सिटीसम्म अनुभव गरिएको थियो । उद्वारका लागि पनि ठूलो सङ्ख्याका सुरक्षाकर्मी खटाइसकेका मेक्सिकोको गृह मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरि आगामी १२ घन्टासम्म सुनामीको खतरा रहेको मौसमविदहरुले जनाएका छन् ।