२५ भदौ , काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर आज आइतबारबाट उठ्ने भएको छ । काठमाडौं महानगरको फोहोर फालिँदै आएको नुवाकोट ओखरपौवाका बासिन्दाले अनिश्चितकालीन बन्दको घोषणा गरेपछि एक सातादेखि फोहोर उठ्न सकेको थिएन ।
स्थानीयबासीसँग सिसडोल ल्याण्ड फिल्ड साइटबाट प्रभावित क्षेत्रमा दुर्गन्ध नफैलिने गरी केमिकल नियमित हाल्ने, फोहोरलाई व्यवस्थित तरिकाले बिसर्जन गरी माटोले पुर्ने, स्थानीयबासी बिरामी परेमा काठमाडौंको अस्पतालसम्म पुर्याउन चार महिनाभित्रमा नयाँ एम्बुलेन्सको व्यवस्था गर्ने सहमति भएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
महानगरकी उपप्रमुख हरिप्रभा खड्की भनिन कि , ‘उहाँहरुले आफुहरुको स्वास्थ्य जोखिममा रहेको उल्लेख गर्दै वभिन्न ४ बुँदे माग राख्नु भएको छ । अबै भन्दा दुःख लाग्दो कुरा के भने ? तीन वर्षका लागि फोहर फाल्ने सम्झौता गरेर १२ वर्षसम्म निरन्तर फोहर फालिरहनुले उहाँहरुलाई कति जोखिम भयो होला ? म आफै आश्चर्यमा परे ।’
फोहोरको विसर्जनबाट ९०० मिटर दूरीमा पर्ने आवास र गोठका बढी प्रभावितलाई प्रतिस्क्वायर मिटर वाषिर्क ५० रुपैयाँ दिँदै आएकामा यो आर्थिक वर्षदेखि घटाएकाले विरोध गरेको स्थानीयले बताएका छन् ।