२८ भदौ , काठमाडौँ – एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मलेसियामा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको भुटानले २८ ओभरमा सबै विकेट गुमाउँदै ५० रन मात्र बनायो । एकाउन्न रनको विजयी लक्ष्य नेपालले ८.३ ओभरमा प्राप्त गर्यो । नेपालका लागि आसिफ शेखले अविजित २३ रन, सन्दिप सुनारले २१ तथा अनिल साहले अविजित चार रन बनाए । बलिङतर्फ भुटानका छिरिङ पेन्जोरले एक विकेट लिए ।
भुटानलाई ५० रनमा समेटने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले पाँच विकेट लिए भने सन्दिप लामिछानेले चार विकेट लिए । ब्याटिङतर्फ भुटानका टासी फुन्सोले १६ र उर्गेन दोर्जीले १३ रन बनाएका थिए । नेपालले बिहीबार सिंगापुर विरुद्ध खेल्नेछ ।
रासस