सोनकलि थारु
भदौ ३१, नवलपरासी । भोजपुरी संचार मंच नवलपरासीको बैठक आज सम्पन्न भएको छ । भोजपुरी संचार मन्चका अध्यक्ष उमेश विकको अध्यक्षता रहेको कार्यक्रममा भोजपुरी भाषाको विकास कला संस्कृति जर्गेना उत्थान ससक्तिकरणका कुरालाई जोड दिदै सरावल गाउपालिका वडा नं. ३ सरावलमा बिबिध सांस्कृतिक कार्यक्रम र स्थानिय कलाकारको बेजोड प्रस्तुती हुने गरि २ दिने संस्कृतिक कार्यक्रम आउदो असोज १३ र १४ गते गर्ने निर्णय गरेको छ । सो कार्यक्रममा भोजपुरी संचार मंचको बरिष्ठ सल्लाहाकार देशबन्धु यादव, भोजपुरी संचार मंचका उपाध्यक्ष लक्ष्मि हरिजन , सचिव जितेन्द्र गुप्ता, सहसचिब रेडियो परासीका रुपेश राजभर सदस्य रेडियो दाउन्नेका जितेन्द्र जानम ,रेडियो सुनवल र देवदह टेलिभिजनका नन्दु कंबर ,एवम् तमाम स्थानीय कलाकारको उपस्थिती रहेको थियो ।