०१ असोज , काठमाडौँ – नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको च्याम्पियन बनेको छ। आइतबार बिहान सम्पन्न फाइनलमा हङकङ ५ विकेटले पराजित भयो । मलेसियामा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
निर्धारित ५० ओभरको खेलमा हङकङले ३२.१ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्र बनाउन सक्यो। हङकङको ७७ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २२ रन बनाए भने प्रनित थापा मगरले अन्तिममा लगातार २ छक्कासहित १९ रनमा अभिजित रहे। सन्दिप सुनारले समान १९ रन बनाए। अनिलकुमार साह १६ रनमा आउट भए।
यो जितसँगै नेपालले एशिया कप खेल्ने निश्चित भएको छ।