सोनकलि थारु
असोज २ सुनवल ।
सुनवल नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रम अन्तगर्त भत्ता बृत्ति बितरण र जेष्ठनागरिकलाइ नि शुल्क सामन्य स्वास्थ्य परिक्षण शिबिर संचालन गर्ने जनाएको छ । सुनवल नगरपालिका क्षेत्र भित्र रहेका जेष्ठ नागरिक , एकल महिला , लोपोन्मूख आदिबासि , पूर्ण असक्त अपाङग , अति असक्त अपाङग , ५ वर्षमूनिका दलित बालबालिकाहरुको पहिलो चौमासिक अन्र्तगतको भत्तावृति रकम र ७० वर्ष उमेर पूगेका जेष्ठ नागरिकहरुका लागि औषधि उपचार खर्च रकम यही असोज ५ गतेदेखि बितरण गर्ने भएकोले भत्ता वृति बूभm्नहून नगरपालिकाले अनुरोध गरेको छ ।यस्तै जेष्ठनागरिकलाइ नि शुल्क सामन्य स्वास्थ्य परिक्षण गरिने भएकोले सबैलाइ सेवालिन पनि सूनवल नगरपालिकाले आग्रह गरेको छ ।
असोज ५ गते बिहान ७ बजेदेखि वार्ड न १ र ६ ,६ गते वार्ड न ४ र १०, ७ गते वार्ड न २,५,९ को राष्टिय बाणिज्य बैक सुनवल साखा र ८ गते वार्ड न ७ र ८ को ज्योति माबि सुनवल ७ अस्नैयामा भत्ता बितरण गरिने भएको छ । असोज ९ गते वार्ड न ३ र छिटफुटलाइ ,१० गते दलित बालबालिकाहरुलाइ राष्टिय बाणिज्य बैक सुनवल साखामा सम्पर्क गर्न भनिएको छ ।भने असोज ७ गते वार्ड न ११ ,१२ र १३ को मिसन बैक भुमहीबाट भत्ता बितरण गरिने भएको छ ।
यसैगरी जेष्ठ नागरिकलाइ नि शुल्क सामन्य स्वास्थ्य परिक्षणका लागि असोज १० गते वार्ड न ११ को र ९ गते वार्ड न १३ र १२को रामनगर समुदायिक अस्पाताल भुमहीमा शिबिर राखिएको पनि जनाएको छ ।