३ असोज ,काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन आज मंगलबार अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् । १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका जान लागेका हुन् ।
देउवा असोज ८ गते न्यूयोर्कबाट ओमानको राजधानी मस्कट पुग्नेछन् र असोज १२ गते ओमानबाट स्वदेश आउनेछन् ।
यो खबर आजको नागरिक दैनिकमा छ ।