०३ असोज , एजेन्सी – एमबीबीएसमा भर्ना हुनमा असफल भएकी एक युवतीलाई उसकै पतिले पहिला घाटी रेटे र फेरी किरोसिनको तेल हालेर जिउदै जलाए । घटना हैदराबादको नागोले भन्ने ठाउँमा भएको हो ।
२५ वर्षिय एक युवकले आफ्नै पत्नीलाई एमबीबीएसको एडमिशन सीटमा नाम ननिकालेको कारण हत्या गरेको हुन् । अंग्रेजी वेबसाइट एनडीटीवीको खबर अनुसार आरोपी ऋषि कुमारले पत्नी हरिकाको मृत्यु आफैले आत्माहत्या गरेको कारण भएको भनेर प्रहरीलाई भनेका छन् । स्रोतका अनुसार ऋषि र हरिकाको विबाह दुई वर्ष अगाडी भएको थियो ।
हरिकाले एमबीबीएसमा एडमिशन हुनको लागि धेरै कोशिश गरेकी थिईन । तर एडमिशन नमिले पछि उसकै पतिले पहिला उनको घाटी रेटे अनि किरोसिन तेल हालेर जलाए । यो कुराको खुलासा पुलिसको पोस्टमार्डम रिपोर्ट पछि भयो । त्यहि मृतक हरिकाकि आमा र बहिनीका अनुसार ऋषिको परिवारहरु हरिकालाई धेरै जसो दाइजोको लागि सताएका हुन्थे । मृतकका परिवारको रिपोर्ट पछि पुलिसले ऋषि र उसको परिवारलाई गिरफ्तार गरेका छन् ।