टमाटरले खानालाई स्वादिलो त बनाउँछ नै, शरीरलाई स्वस्थ राख्न पनि मद्दत पुर्याउछ ।
टमाटरका केही गुण यस्ता छन्ः
- कपाल र छाला चम्काउँछ
घामबाट आउने विकिरण, प्रदूषण आदिका कारण कपाल झर्ने, पातलो हुने, फुस्रो हुने र टुक्रिनेलगायत समस्या आउँछन् । साथै, छाला सुखा, रुखो र फुस्रो हुने गर्छ । साथै, टमाटरलाई अनुहारमा दल्नाले यसले ‘फेसियल क्लिन्जर’को काम राम्रोसँग गर्छ ।
- क्यान्सरको जोखिम घटाउँछ
टमाटर खानाले यसमा पाइने लाइकोपेन नामक तत्वले शरीरमा क्यान्सरका कोषको विकास र विस्तार हुने क्रम कम हुन्छ भन्ने विभिन्न अनुसन्धानका नतिजाले देखाइसकेका छन् । खासगरी टमाटर खानाले प्रोस्टेट र आन्द्राको क्यान्सर हुने सम्भावनालाई कम गर्छ । टमाटर जति पकायो, यसमा रहेको लाइकोपेनको मात्रा उति बढ्ने भएकाले टमाटर फत्काएर तयार पारेको अचार खाने गरिरहनुपर्छ ।
- हड्डी बलियो पार्छ
टमाटरमा भिटामिन–के र क्याल्सियम प्रशस्त मात्रामा पाइन्छ, जसले हड्डीलाई बलियो बनाउँछ ।
- चुरोटको हानि कम गर्छ
चुरोट पिउने अथवा चुरोट पिउनेसँग निकटको सम्बन्ध हुने व्यक्तिको फोक्सोलगायत अंगमा समस्या उत्पन्न हुने गर्छ, जसलाई टमाटरमा पाइने काउमरिक एसिड र क्लोरोजेनिक एसिडले कम गरिदिन्छन् ।
- रगत शुद्ध बनाउँछ
टमाटरमा भिटामिन–ए र भिटामिन–सीजस्ता एन्टी–अक्सिडेन्ट तत्व प्रशस्त मात्रामा पाइन्छ, जसले रगतलाई शुद्ध बनाउँछ । टमाटरको सलाद खायो भने भिटामिन–सीको आपूर्ति शरीरमा बढी हुन्छ ।
- मुटु बलियो बनाउँछ
टमाटरमा पाइने भिटामिन–ए, भिटामिन–बि, पोटासिमजस्ता तत्वले मुटुसम्बन्धी रोग लाग्ने जोखिम घटाउनुका साथै रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नसमेत दिँदैन ।
- सुगर नियन्त्रण गर्छ
टमाटरमा क्रोमियम नामक तत्व पाइन्छ, जसले रगतमा सुगरको मात्रा बढ्नबाट जोगाउँछ । त्यही भएर डायबेटिजका रोगीले टमाटर सकेसम्म बढी खाने गर्नुपर्छ ।
- पाचनक्रिया बलियो बनाउँछ
टमाटर खाने गर्नाले कब्जियत निको हुने र पाचन क्रिया बलियो हुने गर्छ । खाना खाइसकेपछि अन्त्यमा पाकेको एउटा टमाटर खाने गर्नु राम्रो हुन्छ ।
- रोगप्रतिरोधी क्षमता बढाउँछ
टमाटरमा पाइने भिटामिन–ए र खनिजले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछन् ।
- तनाव घटाउँछ
टमाटरमा भिटामिन–सी प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरमा रहेको स्ट्रेस हार्मोन कम गरी व्यक्तिलाई तनावरहित बनाउन मद्दत गर्छ ।
- बोसो कम गर्छ
टमाटर खाने गर्नाले शरीरमा कार्निटाइन नामक एमिनो एसिडको मात्रा बढ्छ, जसले शरीरमा रहेको अनावश्यक बोसो काट्ने गर्छ ।